दफा ४७
समितिको काम, कर्तव्य र अधिकार
(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) कसूरको गम्भीरता अनुसार कसूरदारलाई हुने सजायको उपयुक्त हद निर्धारण गर्न मापदण्ड विकसित गर्ने,
(ख) प्रचलित दण्ड नीतिको सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने तथा सुधारका लागि नेपाल सरकार समक्ष सुझाव दिने,
(ग) कुनै खास प्रकृतिका कसूरका सम्बन्धमा गर्नु पर्ने सजायका सम्बन्धमा नेपाल सरकारलाई राय, सल्लाह र परामर्श दिने,
(घ) कसूरदारको विवरण सङ्कलन गर्ने र अद्यावधिक गरी राख्ने, विश्लेषण गर्ने र दण्ड सजायका सम्बन्धमा सुझाव दिने,
(ङ) दण्ड सजायका सम्बन्धमा प्रचलित कानूनमा कुनै सुधार गर्नु पर्ने देखेमा नेपाल सरकारलाई सुझाव दिने ।
(२) समितिले आफ्नो काम कारबाही सञ्चालनको लागि आवश्यक पर्ने कार्यविधि आफै निर्धारण गर्नेछ ।
(३) समितिले आफ्नो काम कारबाहीमा सहयोग पु¥याउनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम गठन गरिएको उपसमितिको कार्यक्षेत्रगत शर्त, कार्यविधि र अन्य आवश्यक कुराहरु समितिले तोकिदिए बमोजिम हुनेछ ।